काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूले आज अपरान्ह ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार, राजनीतिक दलहरूले यही पुस १३ र १४ गते पेस गरेको बन्दसूचीअनुसार आयोगबाट स्वीकृत कार्यक्रमबमोजिम सम्बन्धित उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था गरिएको छ।
उम्मेदवारहरूले आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उपस्थित भएर आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। कुनै कारणवश स्वयं उपस्थित हुन नसकेका उम्मेदवारहरूले वारेसमार्फत पनि निवेदन दिन सक्ने आयोगले जनाएको छ।










