काँग्रेसमा विभाजनको अवस्था, संस्थापन पक्षद्वारा महामन्त्रीसँग वार्ताको पहल

काठमाडौँ । विशेष महाधिवेशनबाट पार्टी नै विभाजनको स्थितिमा पुगेपछि नेपाली काँग्रेसको संस्थापन पक्षले समाधान खोज्न महामन्त्रीहरूसँग वार्ताको पहल गरेको छ ।

महामन्त्रीहरूले विशेष अधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने तयारी थालेपछि सभापति शेरबहादुर देउवा र महामन्त्रीहरूबीच वार्ता टोली गठन गरेर छलफल अघि बढाइएको हो ।

वार्ता जारी रहेकै अवस्थामा केन्द्रीय समितिको बैठक पनि डाकिएको छ । आज बिहान ११ बजे बस्ने गरी बोलाइएको केन्द्रीय समिति बैठक वार्ताबाट कुनै निष्कर्ष ननिस्किएको भन्दै दिउँसोका लागि सारिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन अनुरोध गरिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ