विशेष अधिवेशनका निर्णय अद्यावधिक गर्न काँग्रेस नेतृत्व निर्वाचन आयोगमा

काठमाडौँ ।  नेपाली काँग्रेसको विशेष अधिवेशनपछि गठित नयाँ केन्द्रीय कार्यसमितिका सभापति गगनकुमार थापासहित पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचन आयोग पुगेका छन् ।

विहान बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाललगायत पदाधिकारी तथा केही केन्द्रीय सदस्यहरू आवश्यक कागजातसहित आयोग पुगेका हुन् ।

केन्द्रीय कार्यसमितिको बैठकले विशेष अधिवेशनले गरेका निर्णयहरू आजै निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टी नेतृत्व आयोगमा उपस्थित भई कागजात बुझाएको बताइएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ