काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत ठहर गर्दै मान्यता दिएको छ।
शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो। यससँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरू वैध भएका छन्।
विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै शेरबहादुर देउवा समूहले गरेको दाबी स्वतः अस्वीकृत भएको छ। अब प्रत्यक्ष मनोनयनसहित पार्टीका अन्य निर्णय र गतिविधि गगन–विश्व समूहको नेतृत्वमा आधिकारिक रूपमा अघि बढ्नेछन्।
विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ।
निर्वाचन आयोगको यस निर्णयपछि असन्तुष्ट पक्षका लागि सर्वोच्च अदालत जाने कानुनी बाटो भने खुला रहेको छ।










