काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ ले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सकारात्मक बनेको बताएकी छन्।
आयोगको बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजित जलपान समारोहमा बोल्दै उनले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदानको आवश्यकता नपरेको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गरिन्। उनले आगामी निर्वाचनमा पनि यही मानक कायम राख्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “यसपटकको निर्वाचनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि राम्रो भएको छ। यसबाट नेपालप्रति सम्मान बढेको छ, संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण भएको छ र लोकतन्त्रको संवर्द्धन पनि भएको छ।”










