देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान तीव्र, बूढानीलकण्ठ निवासमा भत्काउने काम रोकियो

काठमाडौँ । सरकारले शेरबहादुर देउवा र उनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। यस क्रममा देउवा परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको छ।

प्रमाण नष्ट गर्न सक्ने आशंकामा बूढानीलकण्ठ स्थित देउवा निवास परिसरमा भइरहेको घर भत्काउने काम प्रहरीले रोक लगाएको छ।

सत्ताको दुरुपयोग गरी अस्वाभाविक तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मा उजुरी परेको थियो। स्रोतका अनुसार, अघिल्लो चरणमा संकलित प्रमाणका आधारमा अनुसन्धानलाई थप अगाडि बढाइएको हो।

गृह मन्त्रालय तथा नेपाल प्रहरी सम्बद्ध स्रोतका अनुसार, पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा लगायतका नाममा खरिद गरिएका करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको छ।

साथै, प्रदीपशम्सेर जबरा, भुषण राणा लगायत व्यक्तिबाट जयवीर देउवा र अन्यका खातामा भएको आर्थिक कारोबारको विवरण समेत संकलन भइरहेको जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ