काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखक लाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रहरीले १० दिन थुनामा राख्न म्याद थप माग गरेको भए पनि काठमाडौँ जिल्ला अदालत ले पाँच दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
आइतबार न्यायाधीश आनन्द श्रेष्ठ को इजलासले यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो।










