काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधारका लागि महत्वपूर्ण निर्णय गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई जिम्मेवारी दिएको छ। समितिमा नवराज सिम्खडा र रोशन शाक्य सदस्य रहनेछन्।
बैठकले विभिन्न कानुनी सुधारका विधेयकहरू—विशेष सेवा ऐन, प्रतिनिधि सभा निर्वाचन ऐन र मतदाता नामावली ऐन—संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ।
साथै, धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया अघि बढाउन तीन सदस्यीय सिफारिस समिति पनि गठन गरिएको मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्।










