काठमाडौँ । सिन्धुली प्रशासनले बाढी–पहिरोको जोखिम बढेपछि बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा राति सवारी सञ्चालनमा रोक लगाएको छ।
आजदेखि लागू हुने गरी बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध गरिएको हो।
प्रशासनले मौसमको अवस्था हेरी आवश्यक परे अन्य समयमा पनि सवारी आवागमन रोक्न सकिने जनाएको छ र यात्रुहरूलाई यात्रा अघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ।











