राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढीकरणका लागि जिम्मेवार पत्रकारिता आवश्यक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको सुदृढीकरण र नागरिकको सूचनाको अधिकार संरक्षणका लागि मर्यादित र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले १९५८ सालमा गोरखापत्रको प्रकाशन सुरु भएको ऐतिहासिक दिन २४ वैशाखको स्मरण गर्दै देशभरका सञ्चारकर्मीहरूलाई शुभकामना समेत दिएका छन् ।

कार्यक्रममा राष्ट्रपति पौडेलले ‘वरिष्ठ पत्रकार सम्मान’ तथा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको प्रशंसा गरेका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ