काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार साँझ आयोजित विशेष समारोहका बीच उनले राष्ट्रपतिबाट शपथ ग्रहण गरेका हुन्।
उनले आजै पदभार पनि ग्रहण गर्नेछन् । मंगलबार दिउँसो संघीय संसद्को संसदीय सुनुवाइ समितिले डा. शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो।










