सर्वोच्चले माग्यो दुर्गा प्रसाईं पक्राउको लिखित जवाफ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउबारे सर्वोच्च अदालतले सम्बन्धित निकायसँग स्पष्टीकरण मागेको छ ।

बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले जिल्ला प्रहरी कार्यालय पर्सासहित सम्बन्धित पक्षलाई २४ घण्टाभित्र लिखित जवाफ बुझाउन आदेश दिएको हो ।

न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आगामी पेसीमा अनुसन्धानसम्बन्धी सम्पूर्ण फाइल अदालतमा पेश गर्न पनि निर्देशन दिएको छ । प्रसाईंलाई सोमबार राति प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ