संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच छलफल

काठमाडौं । संसदमा जारी अवरोध खुलाउने विषयमा प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच छलफल भएको छ।

सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए।

विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग राख्दै लगातार सदन अवरुद्ध गर्दै आएका छन्। आज पनि बैठक अवरुद्ध भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्दै प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।

तर स्रोतका अनुसार सभामुखसँगको छलफलपछि पनि प्रधानमन्त्री शाह आजै संसदमा उपस्थित हुने सम्भावना कम रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ