बुद्ध एयरको भरतपुर-पोखरा उडान बन्द

काठमाडौं । बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ ।

बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार विगत एक महिनादेखि भरतपुर पोखराको उडान रोकिएको हो ।

उनका अनुसार पोखरा र भरतपुर आउने जाने यात्रुको संख्या ज्यादै न्यून हुनु, भाडा पनि बढ्नु, पोखरा–मुग्लिन सडकखण्ड राम्रो बन्नु जस्ता कारणले उडान रोक्नु परेको हो ।

पोखरा जाने वा चितवन आउने ग्रुपहरु भएमा उडान सक्ने गरी हाललाई सेवा रोकिएको स्टेशन म्यानेजर बस्नेतले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ