काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग सहकार्य गर्दै काम गर्न कांग्रेस इच्छुक रहेको बताएका छन् ।
सुनसरीको कोशी गाउँपालिका–१ सिटी हलमा आयोजित कोशी प्रदेशस्तरीय जरा अभियान कार्यक्रममा बोल्दै उनले जनजीविका र अन्य समसामयिक मुद्दामा सरकारसँग छलफल र संवादमार्फत अघि बढ्न चाहेको स्पष्ट पारे ।
थापाले सरकारले अघि सारेको संविधान संशोधन बहसप्रति कांग्रेसको चित्त नबुझेको उल्लेख गर्दै यसलाई परिपक्व ढङ्गले अघि बढाउनुपर्ने सुझाव पनि दिए ।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले पार्टी नेतृत्व र सरकारमा रहेका कांग्रेस नेताबीच समन्वय आवश्यक रहेको बताए भने महामन्त्री गुरुराज घिमिरेले कांग्रेस एकताबद्ध भएर अघि बढिरहेको दाबी गरे ।










