स्टार्टअप र नवउद्यम प्रवर्द्धन गर्न नयाँ योजना, सहुलियतदेखि वृद्धि पुँजीसम्म व्यवस्था

काठमाडौँ ।आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा लगानी बढाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत रकम अनुसन्धान तथा नवप्रवर्तनमा खर्च गरिने जानकारी दिनुभयो ।

सरकारले स्टार्टअप र नवउद्यमलाई आर्थिक विकासको आधारका रूपमा अघि बढाउने नीति लिएको छ । यसका लागि कर छुट, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता र नियामकीय सहजीकरणजस्ता कार्यक्रम ल्याइने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै, नवउद्यमलाई केवल ऋणमा आधारित नराखी अनुदान, सहुलियतपूर्ण कर्जा र वृद्धि पुँजीको व्यवस्था गरिने भएको छ । बैंकिङ क्षेत्रमा खराब कर्जा व्यवस्थापन गर्न ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गरिने पनि सरकारले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ