काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउलीलगायत तरकारीका मूल्य अद्यावधिक गरिएको छ।
फलफूलतर्फ स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ तथा अनार प्रतिकिलो ४५० रुपैयाँ कायम गरिएको छ। यस्तै अदुवा, खुर्सानी, लसुन, धनियाँ तथा ताजा माछाको मूल्यसमेत सार्वजनिक गरिएको समितिले जनाएको छ।










