विगतका अप्ठ्याराहरू नाघेर नयाँ विकास कूटनीतिमा अघि बढ्ने छलफल भएको छ : रवि लामिछाने

काठमाडौँ । रवि लामिछानेले नेपाल–भारत सम्बन्धमा विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगतर्फ अघि बढ्ने विषयमा गहन छलफल भएको बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँगको भेटपछि सामाजिक सञ्जाल एक्समा उनले झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उल्लेख गरेका छन्।

लामिछानेका अनुसार भेटमा नेपाल–भारतबीचका साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर, र सहज कनेक्टिभिटीलाई केन्द्रमा राखेर आपसी विश्वास र प्रगति विस्तार गर्ने विषयमा छलफल भएको थियो।

उनले दुवै देशबीच विगतका चुनौतीहरूलाई पार गर्दै साझा समृद्धिका लागि सहकार्यलाई व्यवहारिक रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

भेटलाई उनले आपसी हित र साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा व्याख्या गरेका छन्।

सम्बन्धित खवर