काभ्रे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकमा स्थानिह तहको अधिवेशनबाट कुनैपालिकमा महिलाले नेतृत्व गर्न सकेनन् । रास्वपा काभ्रेको प्रथम जिल्ला अधिवेशन २०८३ साल जेठ २३ गते धुलिखेलमा हुने तय भएको सङ्गै पालिका अधिवेशनहरूबाट चयन भएका प्रतिनिधिहरूले जिल्ला नेतृत्व चयन गर्नेछन्। जिल्ला अधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र समावेशिता, महिला सहभागिता र नेतृत्वमो महिलाको स्थान के हुने हो हेर्न बाँकी नै छ ।
काभ्रे जिल्लाका स्थानिय तहमा महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका बाहेक सबै स्थानिय तहको अधिवेशन सम्पन्न हुदाँ यि पालिकाहरुमा महिला नेतृत्व आउन नसकेको हो ।



पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरदाँको अबस्थामा पालिका तहका अधिवेशनहरूले महिला नेतृत्व पाउन सकेन । हालसम्म सम्पन्न भएका ११ वटा पालिका समितिका सभापतिमध्ये एक जना पनि महिला नेतृत्व नहुनुले पार्टीले उठाउँदै आएको समावेशी नेतृत्व, समान अवसर र नयाँ राजनीतिक संस्कृतिको नारामाथि प्रश्न उब्जिएको छ ।
नयाँ जोस जागरको साथमा मुलुका भएको राजनिति बेथिति भ्रष्टचारको नारा लिएर गत फागुनमा भएको संघिय आम निर्वाचनमा झण्डै दुई तिहाई जितेको पार्टीका स्थानिय तहमा महिला नेतृत्व आउन नसक्नुको पछाडि कि रास्वपामा महिला नेतृत्वमा आउन नचाहेको हो की ल्याउन नचाहेको हो गम्भीर प्रश्न उठेको छ ।
हालसम्म सम्पन्न स्थानिय पालिका तहको अधिवेशनबाट धुलिखेल नगरपालिकामा माधव श्रेष्ठ, बनेपा नगरपालिकामा सुरज मकै श्रेष्ठ, पनौती नगरपालिकामा दिनेश श्रेष्ठ, नमोबुद्ध नगरपालिकामा विक्रमहरि तिवारी, पाँचखाल नगरपालिकामा नवीन प्रकाश निरौला, मण्डनदेउपुर नगरपालिकामा मनिराम पौडेल, भुम्लु गाउँपालिकामा विक्रम सम्शेर कुँवर, चौरीदेउराली गाउँपालिकामा श्रीमान तामाङ, तेमाल गाउँपालिकामा सूर्य लामा, रोशी गाउँपालिकामा विशाल लामा तथा बेथानचोक गाउँपालिकामा अष्टमान तामाङ सभापति निर्वाचित भएका भएका छन् । यी सबै पालिकाको नेतृत्व पुरुषहरूको नेतृत्व रहेको छ ।
रास्वपाले स्थापना कालदेखि नै पुराना राजनीतिक अभ्यासको विकल्प,नयाँ राजनीतिक संस्कृति, समावेशी नेतृत्व र अवसरको समान वितरणलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएको छ । पार्टीले युवापुस्ता, महिला तथा नयाँ अनुहारलाई राजनीतिमा अवसर दिनुपर्ने धारणा निरन्तर राख्दै आएको भए पनि काभ्रेको वर्तमान संगठनात्मक अबस्था कस्तो हुने हो हेर्न बाँकी नै छ । संगठको नेतृत्वको सबैभन्दा महत्वपूर्ण तह मानिने पालिका सभापति पदमा महिलाको उपस्थिति शून्य हुनु पार्टीभित्र महिला नेतृत्वको पहुँच अझै कमजोर रहेको संकेतले राजनीतिक दलहरूमा महिलाको सहभागिता घट्दै गएको त हैन प्रश्न उब्जिएको छ ।








