नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.६३ अङ्कले बढेर २,७०२.११ विन्दुमा पुगेको छ। त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३१ अङ्कले बढेर ४६३.९८ विन्दुमा पुगेको छ।

कुल ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार ५२५ कित्ता शेयर ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँमा खरिदबिक्री भएको छ।

कारोबारका आधारमा ग्लोबल आईएमई बैंकको डिबेन्चर २०८८/८७ शीर्ष स्थानमा रहेको छ। साथै, सोपान फार्मास्युटिकल्स, आँखा खोला जलविद्युत् कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर पनि शीर्ष कारोबारमा परेका छन्।

आज अपोलो हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स, सपोर्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स र गुराँस लघुवित्तका लगानीकर्ताले नाफा कमाएका छन् भने बुङ्गल हाइड्रो, आत्मनिर्भर लघुवित्त, सिटिजन बैंकको डिबेन्चर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र सालपा विकास बैंकका लगानीकर्ताले गुमाएका छन्।

सम्बन्धित खवर