काठमाडौँ । सरकारले ल्याएका चार अध्यादेश प्रतिनिधिसभाले स्वीकृत गरेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो।



चारवटै अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरेका थिए।








