काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी (पासपोर्ट) छपाइसम्बन्धी ठेक्का प्रक्रियामा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालगायतमाथि छुट्टै अनुसन्धान गर्ने जनाएको छ।
आयोगका अनुसार नयाँ ठेक्का प्रक्रिया सञ्चालनका क्रममा भ्रष्टाचारजन्य कार्य भएको हुन सक्ने देखिएकाले अनुसन्धानको क्रममा आरजु राणालाई म्याद तामेल गरिएको थियो। यस प्रकरणमा उनीसहित केही कर्मचारीहरूको भूमिकाबारे थप अनुसन्धान आवश्यक देखिएकाले छुट्टै मिसिल खडा गरी अनुसन्धान अघि बढाइने आरोपपत्रमा उल्लेख गरिएको छ।



अख्तियारले फरक विषय, वारदात, प्रतिवादी र प्रकृतिका मुद्दामा छुट्टै अनुसन्धान तथा अभियोजन गर्न सकिने विशेष अदालतको नजिरसमेत उल्लेख गरेको छ। सोही आधारमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई समेटेर अलग अनुसन्धान प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।








