पनौती, काभ्रे । गुरु पूर्णिमाको पावन अवसरमा पनौतीस्थित श्री शचितीर्थ त्रिवेणी गुरुकुलमा अध्ययनरत बटुक तथा गुरुहरूलाई समर्पित विशेष भोजन कार्यक्रम गरिको छ।
कार्यक्रमका प्रमुख अतिथि लायन नवराज अधिकारी, डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ, रहनुभएको थियो। उहाँले गुरु परम्पराको संरक्षण, वैदिक शिक्षा र संस्कृतिको प्रवर्द्धनमा गुरुकुलले पुर्याइरहेको योगदानको प्रशंसा गर्दै यस्ता सेवामूलक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।




कार्यक्रममा लायन शिला कोइराला, लायन्स अप्सरा सत्याल तथा स्थानीय समाजसेवी लक्ष्मी बोगटी सरस्वती के.सी., उर्मिला, भावनी तिमल्सिना, पवित्रा मैनाली र सुशिला पौडेलको उपस्थिति रहेको थियो।
गुरुकुलका गुरु अच्युत भट्टराईद्वारा वैदिक विधिअनुसार विशेष पूजा, भक्ति तथा आध्यात्मिक प्रवचन गरिएको थियो। त्यसपछि गुरुकुलमा अध्ययनरत ४५ जना बटुक तथा गुरुहरूलाई श्रद्धापूर्वक भोजन गराइएको थियो।
गुरु पूर्णिमाको अवसरमा आयोजित यस कार्यक्रमले गुरु–शिष्य परम्पराप्रति सम्मान व्यक्त गर्नुका साथै सेवा, संस्कार र मानवीय भावनालाई अझ सुदृढ बनाउने बिश्वास गरिएको छ !






