संकल्प स्वेक साकोसको २६ ओैं वार्षिक साधारणसभा सम्पन्न

काभ्रे । श्री संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्था लि. मण्डनदेउपुर न.पा.-७, कुन्तावेशी, काभ्रेको २६ ओैं वार्षिक साधारण सभा २०८३ असोज १८ गते आईतबार मण्डनदेउपुर रिसोर्ट कुन्तावेशीमा सल्लाहकार श्री बद्री प्रसाद सापकोटाज्युको प्रमुख आतिथ्यतामा अध्यक्ष श्री रामचन्द्र श्रेष्ठज्युको सभापतित्वमा साम्पन्न भयो । सो भन्दा अगाडि सदस्यहरुकोको सहजताको लागि ज्याम्दी, जोगिटार, नयाँगाउँ, चाखोला राम्चेमा इकाई भेला सम्पन्न गरिएको थियो ।

सचिव प्रकाश नेपालले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका सल्लाहकार एवम विशेष अतिथी गणेश प्रसाद नेपालज्युले विशेष सम्बोधन गर्नुभयो साथै स्वगत मन्तव्य उपाध्यक्ष गिता नेपाल, अध्यक्षको मन्तव्य रामचन्द्र श्रेष्ठ, वार्षिक प्रतिवेदन सचिव प्रकाश नेपाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समिति सदस्य श्रीप्रसाद पराजुलीले प्रस्तुत गर्नुभएको थियो। संस्थाका प्रमुख कार्यकारी अधिकृत मनिष ढुंगाना ज्युले बन्द सत्र संचालन गरि विभिन्न विषय माथी छलफल र निर्णय गरि कार्यक्रम समापन भयो ।

साधारणसभामा संस्थाको कुल शेयर पुजीं ३ करोड ६० हजार ३ सय, बचत ४३ करोड ३४ लाख १८ हजार ४७८, ऋण लगानीमा ३१ करोड ८४ लाख ४४ हजार ५३३ रहेको जानकारी दिईएको थियो । सचिव प्रकाश नेपालले संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको पनि बताउनुभयो ।

साथै उक्त सभामा आ.व. २०८२/०८३ मा ओैशत शेयर खरिद कर्ता १ जना, उत्कृष्ट बचत कर्ता र उत्कृष्ट ऋणी २/२ जनालाईपुरस्कृत गरिएको थियो ।

सम्बन्धित खवर