‘भरोषा जब भाग्य रेखा अनि तक्दिरमा हुन्छ’

काठमाडौं,  शुसिल ज्ञवाली

यहाँ सुदामा मात्र किन, कुबेर नि पिरमा हुन्छ,
भरोषा जब भाग्य रेखा अनि तक्दिरमा हुन्छ ।

यात्री आउँछन्, खोला तर्छन्, सहजै गन्तब्यमा पुग्छन्,
पर्खाइमा एक्लो माझी खोला तिरमा हुन्छ ।

मान्छे हर कोही समस्यामा हुन्छ, असाध्यै दुःखमा हुन्छ,
मन शान्ति खोज्दै, शरण् पर्दै उ पनि मन्दिरमा हुन्छ ।

देख्छु दुनिँया हार्दैछ, मलाई हार खुवाउने प्रयासमा,
किन बुझ्दैनन् आमाको हात सधैं मेरो शिरमा हुन्छ ।

राम राम भन्ने हो, काँध थाप्न कहाँ सकिन्छ र हजुर,
जब गाई मैदानको हरियो घाँस छोडि भिरमा हुन्छ ।

वर्दिया

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ