काठमाडौं, श्रावण १७ गते — लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको प्रथम क्याबिनेट बैठक तथा क्याबिनेट अफिसर्सहरूको पदस्थापन समारोह शनिवार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम बुद्ध प्यालेस, सानो भर्यांग, स्वयम्भूमा आयोजित गरिएको थियो।
समारोहमा प्रमुख अतिथि निवर्तमान इन्टरनेसनल डाईरेक्टर एवं GAT कन्स्टिच्युसनल एरिया लिडर आदरणीय लायन बालकृष्ण बुर्लाकोटीज्यू रहेका थिए। त्यस्तै विशेष अतिथिका रूपमा पूर्व इन्टरनेसनल डाईरेक्टर लायन संजय खेतान, LCIF एरिया लिडर एवं ID इन्डोर्सी लायन राजन लम्साल, मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापा, डिस्ट्रिक्ट ३२५ एफ नेपालका गभर्नर लायन केशर बहादुर भण्डारी, मल्टिपल GMT कोअर्डिनेटर मनिश्री रत्न बज्राचार्य, गण्डकी प्रदेश सभा सदस्य माननीय लायन अशोक श्रेष्ठ, पूर्व गभर्नरहरू सुमन भट्ट, परमेश्वर बराल, भुगोल शेरचन, मल्टिपल डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर प्रधुम्न पोख्रेल लगायत थुप्रै विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नरको रूपमा लायन एक नारायण शर्मा, प्रथम भाइस गभर्नर लायन तारा भुषाल, द्वितीय भाइस गभर्नर लायन तेज नारायण पराजुली, चिफ एड्भाइजर डा. प्रेम बहादुर थापा र चिफ पिआरओ लायन केशव पौडेल रहेका छन्।
कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न LCK म्याग्दी, LCK म्याग्दी युथ, LCK बराह ग्रुप परिवार लगायत होस्ट क्लबहरू, क्लब अफिसर्स, लियो अफिसर्स तथा सदस्यहरूको महत्वपूर्ण योगदान रहेको थियो।
कार्यक्रमका संयोजक लायन देवीराम शेरचन र सह–संयोजक मनमाया लालचन भएका ग्लोबल एक्सटेन्सन टिम डिष्ट्रिक को–ओर्डिनेटर लायन निरंजन लम्सालले बतांउदै नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना व्यक्त गरे।














