बनेपा, काभ्रे। आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शनिबार बनेपा नगरपालिका–८, मा रहेको यस संस्थाको साधारण सभा बनेपा पार्टी भेन्युमा आयोजना भएको हो। २०६९ सालमा स्थापना भएको यस सहकारीले शेयर सदस्यहरूको सहभागितामा नियमित एजेण्डामाथि छलफल गर्दै वार्षिक प्रगति विवरण प्रस्तुत गरेको थियो।



संस्थाका अध्यक्ष रत्नराज रञ्जितकारले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष रञ्जितकारले सहकारीलाई सदस्यहरूको साझा संस्था भएको उल्लेख गर्दै सदस्यहरूको विश्वास, सहकार्य र सहभागिताले संस्थालाई थप मजबुत बनाउने बताए। उनले सहकारीको आर्थिक पारदर्शिता, सुशासन र सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी, संस्थाका प्रबन्धक राजाराम घोरासाइनेले संस्थाले सञ्चालन गरेका गतिविधि, कार्यक्रम तथा वार्षिक प्रगति विवरणबारे जानकारी गराएका थिए। उनले संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सदस्यकेन्द्रित सेवा र संस्थागत विकासलाई प्राथमिकतामा राखिने बताए।
साधारण सभामा संस्थाको वार्षिक प्रगति समीक्षा, आगामी कार्ययोजना तथा सहकारीका नियमित एजेण्डामाथि छलफल गरिएको थियो। सदस्यहरूको सहभागितामा सम्पन्न सभाले संस्थाको आगामी दिनमा आवश्यक मार्गनिर्देशन गर्न सेयर सदस्यहरुलाइ आग्रह गरेको छ।






