काभ्रे :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुलिखेल नगरपालिका–११ वडा समितिको आयोजनामा स्थानीय निर्वाचनमा सहभागिता र भावी रणनीतिबारे छलफल गर्न आयोजित भेला सम्पन्न भएको छ।
धुलिखेल–११ स्थित फस्कोटमा आज आइतबार आयोजित भेलामा पार्टीले खुला गरेको ‘उम्मेदवार क्लब’, आगामी कार्यदिशा तथा स्थानीय निर्वाचनमा पार्टीको रणनीतिका विषयमा बृहत् छलफल भएको आयोजक ले जनाएको छ ।
भेलामा पार्टीका केन्द्रीय विदेश विभाग सदस्य एवं धुलिखेल नगरप्रमुखका आकाङ्क्षी यमप्रसाद श्रेष्ठ, नगर प्रमुखका आकाङ्क्षी सहित उम्मेदवार क्लबमा आबद्ध नगर सभापति माधव श्रेष्ठ, दामोदर गौतम, नगर उपसभापति रामेश्वर घिनान्जु, जिल्ला सगठन सदस्य कुमार अधिकारी , नेता द्वय गणेश अधिकारी , विपिन दुलाल नगर सदस्य, नगर विभागका सदस्य तथा वडा कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।



कार्यक्रममा अतिथिहरूले पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि, उम्मेदवार क्लबको अवधारणा र स्थानीय निर्वाचनमा पार्टीको सहभागिता बारे जानकारी गराइएको थियो। साथै, स्थानीय तहमा उम्मेदवार बन्न आकाङ्क्षा राख्ने व्यक्तिहरूलाई उम्मेदवार क्लबमा समावेश हुन आग्रह समेत गरिएको छ ।






