“श्रम तथा उत्पादनमा वाइसियल” अभियान अन्तर्गत वाइसियल नेपाल काभ्रे जिल्ला समितिको अगुवाइमा महाभारत गाउँपालिकामा झोलुङ्गे पुल मर्मत कार्य सम्पन्न भएको छ।
महाभारत गाउँपालिकाको केन्द्रदेखि वडा नं. १, २, ३ र ८ सम्मको आवागमन सहज बनाउने उद्देश्यले गरिएको उक्त मर्मत अभियानमा वाइसियलका नेताहरू, स्थानीय युवाहरू र सर्वसाधारणले सक्रिय रुपमा श्रमदान गरेका हुन्।
मर्मतपछिको अवस्थामा अब सो पुल हुँदै दुईपाङ्ग्रे सवारीसाधन पनि सुरक्षित रुपमा आवत–जावत गर्न सक्नेछन्। यसले स्थानीय जनजीवनमा प्रत्यक्ष राहत पुग्ने छ।
उक्त श्रमदान कार्यले जनश्रम र जनसहभागिताको अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ। युवाहरूको नेतृत्व र उनीहरूको सक्रिय सहभागिताले विकासका काममा जनचेतना र सहकार्यको सशक्त सन्देश दिएको आयोजकले बताएका छन्। सहभागी सबै श्रमिक तथा युवाहरूलाई वाइसियल नेपाल काभ्रेका ईन्चार्ज छिरिङ लामा पुजारीले धन्यवाद ज्ञापन सहित आगामी दिन मा पनि वाइसीएल नेपाल ले समाजिक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।











