बनेपा / काभ्रे श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रारम्भिक समिति बनेपा काभ्रेपलान्चोकको आयोजनामा आगामी २०८२ साउन ३१ गते ११औं बृहत् खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ।
श्रीकृष्ण प्रणामी मन्दिर बनेपाका सचीव उद्धव तिमल्सिना का अनुसार, कार्यक्रम बिहान ११:०० बजेबाट दिउँसो ३:०० बजे सम्म श्रीकृष्ण प्रणामी मन्दिर प्राङ्गण, बनेपा–९, नयाँबस्ती, काभ्रेमा सञ्चालन हुनेछ।
रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा, रक्तसञ्चार सेवा, बनेपा काभ्रेद्वारा प्रदान गरिनेछ।
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिती बनेपाले सम्पूर्ण इच्छुक महानुभावलाई रक्तदानमार्फत मानवीय सेवामा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दै, एक थोपा रगतले जीवन बचाउन सकिने भएकाले यस अवसरलाई जीवनपयोगी पुण्यकर्मका रूपमा लिन आग्रह गरेको छ।










