अर्धशताब्दीपछि  भुम्लु बासिको सपना पुरा,३७८ परिवारले पाय लालपुर्जा

भुम्लु । वि.सं २०३२ सालदेखि लालपूर्जाविहीन साविकको भुम्लु र फलाँटे गाविस (हाल भुम्लु गाउँपालिका–७ र ८ वडा) का बासिन्दाले लालपूर्जा पाएका छन् ।

भूमि व्यवस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले मंगलवार एक कार्यक्रम बीच त लाभग्राहीहरूलाई पुर्जा वितरण गरेका हुन् । मन्त्री अधिकारीले विभिन्न समितिले दिएको प्रतिवेदनको आधारमा भुम्लुको जग्गा धनीलाई पुर्जा बितरण गरेको बताए ।
भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार पहिलो चरणमा प्रक्रिया पूरा भएका वडा नम्बर ७ का १ सय ७४ र वडा नम्बर ८ का २ सय ४ जना नागरिकलाई लालपूर्जा मंगलबार वितरण गरेको बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की नेता तथा बागमती प्रदेशकी सांसद रुकु चौलागाईंले जनप्रतिनिधि र कर्मचारीले देखाएको इच्छाशक्तिका कारण समस्या समाधान हुन सकेको बताईन् । साथै उनले “जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्दा परिणाम दिन सकिने रहेछ भन्ने उदाहरण बनेको बताउँदै विकास र सेवा प्रवाहमा सबै दायित्व केन्द्रीय सरकारलाई मात्र थोपर्नु नहुने बताईन् ।
भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खत्रीले ५० वर्षदेखि अघि सपना पुरा भएको बताए । प्रमुख प्रशासकीय अधिकृत खत्रीले नापी र मालपोतका कर्मचारीले सबै प्रक्रिया पूरा गरेपछि वडा–७ का १ सय ७४ र वडा–८ का २ सय ४ जनालाई लालपुर्जा बितरण भएको जानकारी दिए।

गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले ५० वर्षपछि ‘अहिले लालपुर्जा वितरण गर्दा भुम्लुबासीको अधिकार प्राप्तमात्र नभएर न्याय पाएको बताए ।
लालपुर्जा वितरण गरिहदाँ वडा–७ का भोजराज उप्रेतीले पाँच दशक लामो प्रतीक्षा, अनेकौं निराशा र विवादपछि जग्गाको कानुनी प्रमाणपत्र पाएकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशी, गाउँपालिकाका पूर्वअध्यक्ष गुमानध्वज कुँवर लगायतले लालपुर्जा नहुँदा नागरिकले पाएको दुख सास्तीको बारेमा धारणा राखेका थिए ।

साविकको पिपलटार गाविस फुट्दा त्यहाँको खेतीयोग्य जमिन भुम्लुटार र फलाँटे दुई गाउँ पञ्चयतमा परेपछि विवाद भएको कारण ०३२ सालको सरकारी नापी टोली जग्गा नापजाच नगरि फर्केको थियो भने २०३५ सालमा पुनः नापी टोली गाँउपञ्चायत पुगेर नाप जाच गर्न लाग्दा पुनःबिवादको कारण फिर्ता भएको थियो ।

०७५ माघ १० गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनिल मरासिनीको संयोजकत्वमा उक्त समस्या समाधानको लागि समिति बनेको थियो । नापी कार्यालयका नापी अधिकृत जयराम तामाङ नेतृत्वमा पुनः ०८० माघ २ गते समस्या समाधान अध्ययन समितिले तयार पारेको प्रतिवेदन र मन्त्रालयले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न २०८१ जेठ ३१ गते नापी अधिकृत ग्रिष्म प्रधानको अध्यक्षतामा कार्यदल गठन गरी उक्त कार्यदलले तयार पारेको प्रतिबेदनको आधारमा पुर्जा बितरण गरेको हो ।

भुम्लु गाउँपालिकाले गत वर्ष मङ्सिरमा उक्त प्रतिवेदन र निवेदन छुटेका स्थानीयसँग पुनः निवेदन माग गरेपछि गत पुस २ गतेदेखि स्थानीयको जग्गासम्बन्धी पुनः छानबिन, नापी हुनुभन्दा अघि भोगचलन तथा त्यसअघिको कागजातका आधारमा लालपूर्जा वितरण गरेको हो । यी दुई वडा ९ सय ६९ नागरिक लालपूर्जाविहीन थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ