एन्टिथेसिस’ दोस्रो संस्करण : नेपाली राजनीतिमा रूपान्तरणबारे बहस

काठमाडौँ । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ को दोस्रो संस्करण प्रकाशनको अवसरमा  ‘वर्तमान नेपाली राजनीतिको अग्रगामी  रूपान्तरण’ शीर्षकमा बहस कार्यक्रम हुने भएको छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं समाजवादी नेता डा. बाबुराम भट्टराई प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। यस्तै, नेकपा (एमाले) का उपाध्यक्ष सूरेन्द्र पाण्डे, नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’, नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजाल र विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा  बाँस्कोटा बहसका वक्ता रहनेछन्।

कार्यक्रम आयोजक शिखा बुक्स का अनुसार बहस शनिबार, ७ भाद्र २०८२ (अगस्त २३, २०२५) मा बागबजारस्थित होटल हार्दिकमा दिउँसो २ बजे देखि ४:३० बजेसम्म सञ्चालन हुनेछ।

लेखक प्रकाश विकल्पले नेपाली राजनीतिमा देखिएका चुनौती, अवसर र आगामी सम्भावित रूपान्तरणबारे आफ्नो पुस्तकमार्फत प्रस्तुत गरेका विचारलाई थप गहन छलफलमार्फत आम जनतासामु ल्याउने उद्देश्यले बहस आयोजना गरिएको बताए ।

राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न धारका प्रतिनिधि एकै मञ्चमा उपस्थित हुने भएकाले यस बहसले नेपालको समकालीन राजनीति र भविष्यको बाटोबारे स्पष्ट पार्ने आयोजकले बताएका छन ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ