काभ्रे । खानीखोला गाउँपालिका–६ माझीटारकी सजिना गोलेलाई गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ आफैं काँधमा बोकेर उद्धार गर्दै अहिले काठमाडौंको थापाथली अस्पतालसम्म साथसाथै ल्याएका छन्। बिरामी हाल उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको अस्पताल जनाएको छ।
तीन दिनसम्म पेटमा शिशु नचलेपछि तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्था आए पनि सडक पहुँच नहुँदा समस्या भएकोले बिरामीको अबस्थामा गम्भीर हुँदा अध्यक्ष थिङले आफैं काँधमा स्ट्रेचर बोकेर करिब डेढ घण्टा पैदल हिँड्दै बिरामीलाई गाडी भएको स्थानसम्म ल्याई आफ्नै सवारीसाधन प्रयोग गरी हेटौंडा हुँदै काठमाडौं पुर्याएका थिय।

अध्यक्ष थिङको मानवीय कदमलाई स्थानीयवासी र सर्वसाधारणले जनताको समस्या बुझ्ने नेता अझै बाकी रहेको बताएका छन्। उनीहरूका अनुसार “साँचिकै नेतृत्वको जिम्मेवारी पूरा भएको” यस घटनाले प्रमाणित गरेको छ।
अध्यक्ष थिङले भने संघीय सरकारले खानीखोलाका आधारभूत समस्या समाधानमा ध्यान नदिँदा यस्तो समस्या दोहोरिने गरेको बताएका छन्।










