सल्यानमा बार्दलीबाट खसेर ५६ वर्षीय पुरुषको मृत्यु

सल्यान – सल्यानको छत्रेस्वरी गाउँपालिका–४ झ्याङ्गखानीमा बार्दलीबाट खसेर एक पुरुषको मृत्यु भएको छ। शुक्रबार मध्यराततिर करिब १ बजे आफ्नै घरको बार्दलीबाट करिब नौ फिट तल खस्दा ५६ वर्षीय दयनबहादुर खत्री गम्भीर घाइते भएका थिए।

उनको टाउको, मुख र शरीरका विभिन्न भागमा चोट लागेपछि उपचारका लागि कर्णाली अस्पताल श्रीनगरतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षकले जानकारी दिएका छ्न।

हाल मृतक खत्रीको शव अस्पतालमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले प्रशासन ले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ