सोचको खडेरीमा ‘एन्टिथेसिस’ दोस्रो संस्करण विमोचनले दियो नयाँ दृष्टिकोण

काठमाडौं। राजनीतिक विश्लेषक तथा लेखक प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ को दोस्रो संस्करण प्रकाशनको अवसरमा ‘वर्तमान नेपाली राजनीतिका अग्रगामी रूपान्तरण’ शीर्षकमा बहस कार्यक्रम सम्पन्न भएको छ।
समाजवादी नेता डा. बाबुराम भट्टराई प्रमुख वक्ताका रूपमा, नेकपा (एमाले) का उपाध्यक्ष सूरेन्द्र पाण्डे, नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’, नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजाल र विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा बाँस्कोटा बहसका वक्ता रहेका थिय।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा विचारको खडेरी देखिएको भन्दै समयअनुसार सोचलाई पुनःसंरचना गर्नुपर्ने आवश्यकतालाई जोड दिएका छन। उनका अनुसार, “विश्वले ज्ञान, विज्ञान र प्रविधिमा ठूलो विकास गरिरहेको छ। तर हामीले त्यही अनुरूप नयाँ विचार सिर्जना गर्न सकेका छैनौं। अब सोचको नयाँ संस्करण तयार गर्नु अपरिहार्य छ।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित प्रगतिशील उपलब्धिहरू जनतासम्म पुगेको छैन भन्ने चिन्ता व्यक्त गरेका छ्न। शर्माका अनुसार “संविधानको लाभ जनतासम्म पुर्‍याउन हामी चुक्यौं। यो कुरा मैले आफूलाई नै सोधेको छु।”
संसद्को हालको अवस्था प्रति पनि शर्माले निराशा व्यक्त गरेका छ्न उनका अनुसार, “संसदमा कानुन नै चोरी हुने अवस्था देखिएको छ। यस्तो अवस्थामा व्यवस्थाप्रति जनतामा असन्तुष्टि बढ्नु स्वाभाविक हो।”

कार्यक्रममा लेखक प्रकाश विकल्पले आफ्नो पुस्तक ‘एन्टिथेसिस’ को दोस्रो संस्करण विमोचन गरेका थिए। सहभागीहरूले नेपाली राजनीतिको भविष्य, सम्भावना र चुनौतीबारे खुला बहस गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ