मन्त्री बादेलाई क्लासिक टेकले गर्यो सम्मान

काभ्रे बनेपा, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेलाई क्लासिक टेकले सम्मान गरेको छ ।
सोमबार काभ्रेको बनेपामा आयोजित सुमांगल शान्ति नगर टोल विकास समितिले आयोजना गरेको तिज बनेपा महोत्सव २०८२ भदौ ९ गते सोमबार महोत्सवको उद्घाटन कार्यक्रमको अवसरमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री बादेलाई क्लासिक टेकको बनेपा शाखाले सम्मान गरेको हो ।

कार्यक्रममा मन्त्री बादेलाई सम्मान गर्दै क्लासिक टेकको बनेपा शाखाका प्रमुख निराजन रेग्मीले दूरदृष्टि प्रतिबद्धता र कुशल नेतृत्व मार्फत् प्रदेशको सामाजिक विकास क्षेत्रमा महत्वपूर्ण उपलब्धी हुने बताए ।
सामाजिक विकासका क्षेत्रमा यस मन्त्रालयबाट उल्लेखनीय तथा उदाहरणीय कार्यको अपेक्षा राखिएको रेग्मिले बताएका छ्न। क्लासिक टेकको बनेपा शाखाले सम्मानप्रति मन्त्री बादेले आभार प्रकट गरेका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ