काभ्रे । खानीखोला गाउँपालिका ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मा समावेश भएको छ । लामो समयदेखि भएको निरन्तर पहल, दबाब र समन्वयपछि गाउँपालिका यस कार्यक्रमअन्तर्गत सूचीकृत भएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए ।
आफू गाउँपालिकामा निर्वाचित भएको देखि नै यस कार्यक्रममा खानीखोलालाई समावेश गराउन निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष थिङले उक्त सफलतामा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरेका छन्।
‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सूचीकृत भएपछि खानीखोलाका महिला विशेष गरी गरिब, विपन्न र सीमान्तकृत वर्गका महिलाले प्रत्यक्ष सेवा सुबिधा पाउने गाउँपालिकाले विश्वास व्यक्त गरेको छ ।










