मकालु–टार भिरमा पहिरो खस्दा यातायात ठप्प

सङ्खुवासभा । लगातारको वर्षाका कारण उत्तर–दक्षिण कोशी राजमार्ग अन्तरगत सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ सम्मा टार नेता भीरमा पहिरो खस्दा करिब ५०० मिटर सडक बगाएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर नरेश जिरेलले जानकारी दिए।

भोटखोला र मकालुबीचको सडक बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। खाँदवारीतर्फ गएका सवारीसाधन बाटैमा अलपत्र परेका छन् भने भोटखोलाबाट खाँदवारी आउने सवारी वारपार हुन नसकेका कारण यात्रुहरूलाई ठूलो कठिनाइ भएको छ।

सडक अवरुद्ध भएपछि मकालु गाउँपालिकाका केही वडा र सम्पूर्ण भोटखोला गाउँपालिका सदरमुकाम खाँदवारीसँग सम्पर्कविहीन भएका छन्। अहिले खाँदवारीबाट भोटखोला जाने सवारी साधन मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन भइरहेको छ।

पहिरो हटाउन सडक कार्यालयले दुईवटा एक्स्काभेटर परिचालन गरे पनि लगातार वर्षा भइरहेकाले तत्काल सडक खोल्न नसकिने जनाइएको छ। सडक कहिले खुल्ने भन्ने विषयमा यकिन समय तोक्न नसकिएको सूचना अधिकारी जिरेलले बताए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ