अफगानिस्तानमा भीषण भूकम्प, घरहरू भत्किँदा ६०० भन्दा बढीको ज्यान

अफगानिस्तानमा सोमबार राति गएको शक्तिशाली भूकम्पले ६०० भन्दा बढीको ज्यान लिएको छ भने १,५०० भन्दा बढी घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार भूकम्पको केन्द्र कुनार प्रान्तमा थियो, जहाँ ६१० जनाको मृत्यु भएको छ। नङ्गरहार प्रान्तमा थप १२ जनाको ज्यान गएको छ।

मध्यरातअघि आएको भूकम्पले काबुलदेखि पाकिस्तानको इस्लामाबादसम्म भवनहरू हल्लाएको थियो। घरहरू भत्किएपछि ठूलो उद्धार अभियान सुरु भएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्र नङ्गरहार प्रान्तको जलालाबादबाट २७ किमी टाढा, ८ किमी गहिराइमा थियो। सतह नजिकै केन्द्रित भूकम्प भएकाले क्षति व्यापक भएको हो।

संयुक्त राष्ट्रसङ्घ र तालिबान सरकारले प्रभावित क्षेत्रमा उद्धार टोली पठाएका छन्। राष्ट्रसङ्घले आपत्कालीन सहायता र जीवनरक्षक सामग्री पुर्‍याइरहेको जनाएको छ।

अफगानिस्तान भूकम्प–प्रवण क्षेत्र हो। यसअघि २०२२ मा ५.९ म्याग्निच्युडको भूकम्पमा एक हजारभन्दा बढीको मृत्यु भएको थियो भने २०१५ मा ७.५ म्याग्निच्युडको भूकम्पले अफगानिस्तान–पाकिस्तानमा ३८० भन्दा बढीको ज्यान लिएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ