रोजगारीको प्रलोभनमा भारत पुगेका ४५३ नेपाली नेपाल ल्याइए

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रमा अलपत्र परेका ४५३ जना नेपाली नागरिकको उद्धार गरी नेपाल ल्याइएको छ। भारतीय प्रहरीको समन्वय र सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेको थियो।

उद्धार गरिएका नेपालीलाई आठवटा बसमार्फत शनिबार बिहान बेलहिया नाका हुँदै रुपन्देही ल्याइएको प्रहरीले जनाएको छ। हाल उनीहरूको व्यक्तिगत विवरण तथा पहिचान संकलन गर्ने कार्य भइरहेको छ। उद्धार गरिएकामध्ये करिब आधा संख्या महिलाको रहेको बताइएको छ।

प्रहरीका अनुसार रोजगारीलगायत विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई कुशीनगर क्षेत्रमा राखिएको जानकारी प्राप्त भएपछि उद्धार अभियान सञ्चालन गरिएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ