गोरखामा यात्रुबाहक बस दुर्घटनामा २१ घाइते, अनुसन्धान जारी

काठमाडौँ ।  काठमाडौँबाट गोरखाको आरुघाट–सोतीतर्फ जाँदै गरेको एक रात्रिबस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटनाग्रस्त हुँदा २१ जना घाइते भएका छन् ।
बा०१–००६ख ४१३१ नम्बरको बसमा २२ जना यात्रु सवार थिए । दुर्घटनामा परेका मध्ये २१ जना घाइते भएका र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ