चौरीदेउरालीमा विपद् जोखिम न्यूनीकरण कार्यशाला सम्पन्न

चौरीदेउराली  ।  A.S.F Nepal को आयोजनामा र चौरीदेउराली गाउँपालिकाको सहजीकरणमा एक दिवसीय विपद् जोखिम न्यूनीकरण कार्यशाला चौरीदेउराली गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा DPRQ डा. गणेश कुमार जिमीले विशेष प्रस्तुतिकरण गर्नुभयो। कार्यक्रममा विपद् व्यवस्थापन र पूर्वतयारी सम्बन्धी अभिमुखीकरण गराइएको थियो। सुरक्षित आवास र जीविकोपार्जन कार्यक्रमअन्तर्गत सो कार्यशाला आयोजना गरिएको हो।

कार्यक्रम गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंको प्रमुख आतिथ्यतामा तथा चौरीदेउराली–५ का वडा अध्यक्ष कृष्ण प्रसाद गौतमको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

प्रमुख अतिथि चौलागाईंले वर्षायामसँगै विभिन्न प्राकृतिक विपद्‌का कारण बढ्दो जोखिम न्यूनीकरणमा यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजीकरण गाउँपालिकाको तर्फबाट प्रतिनिधि उर्मिला परियारले गर्नुभयो भने संस्थाको तर्फबाट कृष्ण विकले सहजीकरण गर्नुभएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ