नाग्रेगर्चेमा जनश्रमदानमार्फत सडक मर्मत सम्पन्न

चौंरीदेउराली। चौंरीदेउराली गाउँपालिका–२ नाग्रेगर्चेमा वर्षाको कारण बिग्रिएर करिब दुई महिनादेखि अवरुद्ध सडक अन्ततः जनश्रमदानमार्फत सञ्चालनमा आएको छ। सडक बन्द हुँदा स्थानीयवासीलाई पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो।

नेकपा (माओवादी केन्द्र) चौंरीदेउराली–२ का वडा कमिटी सचिव देवराज लामाको नेतृत्वमा युवा संगठन (वाईसिएल) का सदस्यसहित करिब २५ जना कार्यकर्ताले सडक मर्मत गरेका हुन्। जनश्रमदानमार्फत सडकको भत्किएको स्थानमा सोलिङ, फिलिङ र ड्रेन निर्माण गरिएको छ।

 

सडक मर्मतमा संलग्न स्वयंसेवकहरूलाई पार्टीका संगठित सदस्य नारायण श्रेष्ठले खानपानको व्यवस्था मिलाउनुभएको थियो।

स्थानीयवासीले लामो समयसम्म वडा अध्यक्षले बेवास्ता गरि ध्यान नदिएकोमा गुनासो व्यक्त गर्दै थियो । अब सडक खुलेसँगै आवतजावत सहज हुने र दैनिक जीवनमा राहत पुगेको बताएका छन्। सडक मर्मत कार्य जनश्रमदानबाट सम्पन्न भएर सडक खुलेपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ