नेपालमा फेसबुक बन्द, बाँकी सामाजिक सञ्जाल पनि क्रमशः रोकिँदै

काठमाडौँ  । नेपाल सरकारले सूचीकरणको प्रक्रियामा सहभागी नभएका सामाजिक सञ्जालहरू बन्द गर्न थालेको छ। सो क्रममा सबैभन्दा पहिले फेसबुक नेपालमा निष्क्रिय भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै मन्त्रीस्तरीय निर्णय गर्दै दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो। निर्देशनपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरी सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने कार्य सुरु गरेको हो।

मन्त्री पृथ्बी सुब्बा गुरुङका अनुसार, सूचीकरणका लागि कुनै शुल्क नलाग्ने भए पनि धेरै सामाजिक सञ्जालले प्रक्रिया पूरा नगरेका कारण सरकारले यस्तो कदम चाल्न बाध्य भएको हो। उनका अनुसार बाँकी सामाजिक सञ्जालहरू पनि क्रमशः बन्द हुँदै जानेछन्।

यसअघि सर्वोच्च अदालतले २०८० वैशाख १२ गतेको आदेशमार्फत स्वदेशी तथा विदेशी सामाजिक सञ्जाल तथा अनलाइन प्लाटफर्मलाई सञ्चालन गर्नुअघि नेपालमा अनिवार्य सूचीकरण गर्नुपर्ने आदेश दिएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ