श्रीलङ्कामा भीषण बस दुर्घटना, १५ जनाको ज्यान गयाे

श्रीलंका। श्रीलंकामा हरियो चिया बगान पहाडी सहरहरू भ्रमण गर्ने स्थानीय पर्यटकहरू बोकेको बस करिब ३०० मिटर तल झरी दुर्घटना ग्रस्त हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

राजधानीबाट करिब १३० किलोमिटर पूर्वमा रहेको पहाडी एला क्षेत्रमा बिहीबार राति बस दुर्घटना हुदाँ बसमा रहेका अन्य १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पहाडमा छुट्टी मनाएर घर फर्किरहेको समयमा बस अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

यस अघि मे महिनामा कोटमालमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।

टापुका घुमाउरो सडकहरूका कारण श्रीलंकामा हरेक वर्ष औसत तीन हजार सडक दुर्घटना हुने गरेको तथ्यांक छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ