आज देशभर बदली, कोशी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षा सम्भावना

काठमाडौँ जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमा रहेकाले र पश्चिमतर्फ सामान्यभन्दा दक्षिणमा सरिएकाले देशमा मनसुन सक्रिय रहेको छ। सिक्किम आसपास बनेको निम्नचापीय क्षेत्रको प्रभाव विशेषगरी नेपालको पूर्वी भूभागमा पर्ने देखिएको छ।

आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रमा केही स्थान र अन्य भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।

आज राति पनि कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र अन्य पहाड तथा तराईका केही क्षेत्रमा मध्यम वर्षा हुनसक्छ। विशेषगरी कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहाव (Debris Flow) को जोखिम बढ्ने, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने तथा यातायातमा अवरोध आउन सक्ने चेतावनी दिंदै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ