बारामा बाघको आक्रमणबाट स्थानीयको मृत्यु

बारा   बारामा एक हप्ताभित्रै फेरि बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जीतपुरसरिमा वडा नं. १ का करिब ५५ वर्षीय छेवाङ लामा साइकल लिएर नजिकैको प्रगतिशील सामुदायिक बनतर्फ जाँदा बाघको आक्रमणमा परेका थिए। घटनास्थल पुग्दा उनको मृत शरीर भेटिएको थियो।

जितपुरसरिमा उपमहानगरपालिका प्रमुख राजन पौडेलका अनुसार, च्याउ टिप्न जंगल गएको अवस्थामा उनी आक्रमणमा परेका थिए। डिभिजन वन कार्यालय बारा सिमराका प्रमुख राजीव झाले यसअघि पनि बाघले मानिसमाथि आक्रमण गरेको भन्दै नियन्त्रणका लागि डार्क टोली खटाइसकेको जानकारी दिएका छन्।

यो घटनासँगै जीतपुरसरिमा यस वर्ष तीन जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ। पटक-पटक हुने बाघ आक्रमणका बाबजुद पनि निकुञ्ज र वन कार्यालयले पूर्ण नियन्त्रण गर्न नसक्दा स्थानीयबीच आपत्ति बढ्दै गएको छ। नगरप्रमुख र क्षेत्रीय सांसदले तत्काल बाघ नियन्त्रणका उपाय अपनाउन जोड दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ