धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु

काठमाडौं । धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, मृत्यु हुनेमा एक पुरुष रहेका छन् । घटनामा सातजना घाइते भएका छन् ।

कैदीबन्दीहरूले आज बिहानैदेखि कारागारमा आगजनी र ढुंगामुढा गरेका थिए । कारागारको भित्री गेट बिहानै तोडेका थिए । पटकपटक आगजनी र तोडफोडको प्रयास गरेपछि नेपाली सेना परिचालन गरिएको थियो ।

दिउँसो आगजनी गरेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको हो ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ