यात्रु सहजताका लागि विमानस्थलमा उडान समयमै सञ्चालन

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा बुधबार साँझदेखि आन्तरिक र अन्तर्राष्ट्रिय सबै हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ। विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, विगतका दिनहरूमा जस्तै यात्रु आवागमन सहज बनाउन सुरक्षा निकायसँग समन्वय गरेर उडान संचालन भइरहेको छ।

विमानस्थलले जनाएको छ कि हालको उडान तालिका अनुसार मात्रै उडान सम्भव छ र नयाँ उडान थप्न सकिने अवस्था छैन। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाका कारण यात्रुहरूलाई परिचय प्रमाणपत्रका आधारमा आवतजावतको सुविधा दिइएको छ। नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउन सटल बसको व्यवस्था गरेको छ भने वायुसेवा कम्पनीहरूले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्थासहित गन्तव्यमा पु¥याइरहेका छन्।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार, केही दिन रोकिएका उडानहरू बुधबार बिहानदेखि पुनः नियमित रूपमा सञ्चालन भइरहेका छन्। यसअघि ‘जेनजी पुस्ता’का कारण भदौ २४ गतेदेखि विमानस्थल बन्द गरिएको थियो। विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि उडान फेरि सुरु भएको हो।

यात्रुहरूलाई विमानस्थलमा आउँदा आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समय सुनिश्चित गर्न र आधिकारिक टिकट तथा परिचय प्रमाणपत्र साथमा राख्न अनुरोध गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक करिब ३०० भन्दा बढी उडान हुन्छन्। यसमा आन्तरिकतर्फ करिब २५० र अन्तर्राष्ट्रियतर्फ करिब १०० उडान सञ्चालन हुन्छ। आन्तरिक उडानका लागि २१ वायुसेवा कम्पनी र १२ हेलिकप्टर कम्पनी सेवा दिइरहेका छन् भने अन्तर्राष्ट्रिय उडानका लागि ३ नेपाली कम्पनीसहित ३० हवाई कम्पनी सक्रिय छन्। विमानस्थल बिहान ६ः०० बजेदेखि राति १३ः०० बजेसम्म सञ्चालनमा रहन्छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ