जनकपुरधाम र धनुषाको जीवनयापन सामान्य अवस्थामा

जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधामसहित धनुषामा जेन-जीको प्रदर्शन र आन्दोलनपछि तनावग्रस्त भएको जनजीवन क्रमिक रूपमा सामान्य हुँदै गएको छ। बजारका पसल खुल्न थालेका छन् भने किनमेलका लागि चहलपहल बढेको छ। जानकी मन्दिरमा पूजापाठ र दर्शन गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ।

सरकारी कार्यालय र सार्वजनिक भवनहरूको तोडफोड तथा आगजनीको सरसफाइ भइरहेकै छ। खाली भएका प्रहरी चौकीमा सुरक्षाकर्मी फर्किएका छन् र सुरक्षा व्यवस्था अझ कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालयले सबै सार्वजनिक सेवा सञ्चालनमा ल्याएको छ, तर राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अझै बन्द नै रहने जनाइएको छ।

जेन-जीको आन्दोलनमा करिब दुई दर्जन सरकारी, सार्वजनिक तथा राजनीतिक दलका कार्यालयमा आगजनी र तोडफोड भएको थियो। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले बजार र सार्वजनिक स्थानमा सुरक्षा सुनिश्चित गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ